नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय सदस्य संख्या २ सय ४३ बनाएको छ।
आइतबार दिउँसो बसेको क्रान्तिकारीको कार्यालय टीमले केन्द्रीय सदस्य संख्या १ सय ९९ बाट बढाएर २ सय ४३ बनाउने निर्णय गरेको हो।
केन्द्रीय सदस्य बढेसँगै पदाधिकारीको संख्या पनि ३३ बनाइएको छ। यसअघि २५ पदाधिकारी थियो।
पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको क्रान्तिकारीले उमेर हदको व्यवस्था भने हटाएको एक पदाधिकारीले नेपालखबरलाई बताए।
‘हाम्रो कार्यालय टीमले उमेर हदको व्यवस्था हटाउने निर्णय गरेको छ,’ ती पदाधिकारीले भने, केन्द्रीय सदस्य संख्या २ सय ४३ पुर्याइएको छ। पदाधिकारीको संख्या ३३ बनाउने निर्णय भएको छ।’
कार्की बैनक्वेटमा हिजो शनिबारदेखि बन्दसत्र जारी छ। अहिलेसम्म महासचिव सहितको पदाधिकारी कस कसलाई बनाउने भन्ने निर्णय भइसकेको छैन।
Shares

प्रतिक्रिया