राजनीति


जनजाति नेता राजकुमार लेखी १० वर्षपछि एमालेमै फर्किए

जनजाति नेता राजकुमार लेखी १० वर्षपछि एमालेमै फर्किए

फोटो : विक्रम राई


नेपालखबर
असोज १७, २०७८ आइतबार १४:२२, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएको केही दिनमै आदिवासी जनजाति पृष्ठभूमिका नेता राजकुमार लेखी आइतवारदेखि नेकपा एमालेमा प्रवेश गरेका छन्।

ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशन समापन समारोह अघिको कार्यक्रममा लेखीको नेतृत्वमा ५५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरे। यसअघि लेखी जनता समाजवादी पार्टी र ठाकुर नेतृत्वको लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा थिए। 

उनी यसअघि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भइसकेका थिए। उनी २०७४ निर्वाचनमा सप्तरी १ (ख) बाट तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा लडेका थिए। तर उनी एमाले नेता सत्यनारायण मण्डलसँग पराजित भएका थिए।

२०६८ एमाले छाडेर नयाँ पार्टी खोलेका उनले १० वर्षपछि पुरानै घरमा फर्किएको बताउँदै अन्य पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने देखेपछि आएको उल्लेख गरे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad