ad ad

राजनीति


मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले आजदेखि आन्दोलन गर्दै

मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले आजदेखि आन्दोलन गर्दै

शैलेन्द्र महतो
असोज १६, २०७८ शनिबार ८:५४, काठमाडौँ

प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन घोषणा गरेको छ। 

जसपाको प्रदेश २ मधेस कमिटीले विज्ञप्ति जारी गरी आजदेखि आन्दोलन थाल्ने जानकारी दिएको हो। 

आज शनिबार साँझ प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा अख्तियारविरुद्ध मसाल जुलुस र भोलि आइतबार सदरमुकामहरूमा विराेध प्रदर्शन गरिने प्रदेश कमिटीले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

गत बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यलयको टोलीले प्रदेश २ को मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो। त्यस क्रममा उसले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत गरिएको साइकल खरिदको कागजात लगेको थियो। 

छोरीलाई बाँडेको बेनामे कम्पनीका गुणस्तरहीन साइकल खरिदमा व्यापक अनियमितता भएको जनगुनसोका आधारमा अख्तियारले छापा मारेको थियो। 

जसपा प्रदेश कमिटीले प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै आन्दोलन घोषणा गरेको हो। 

अख्तियारको उक्त कदम प्रदेश सरकार प्रमुखको शक्ति तथा गरिमामा अघात पुर्याउने भएको भन्दै जसपाले आपति जनाएको छ। यस्ता कार्यले ‘संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक प्रणालीलाई नै धरापमा पार्ने’ उसको दाबी छ। 

यी पनि :

प्रदेश २ : मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर फर्कियो अख्तियारको टोली

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्नु आपत्तिजनक : मुख्यमन्त्री राउत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .