राजनीति


'लिम्पियाधुरा-कालापानी र सुस्ताबाट मिचिएको भूमि फिर्ता ल्याउनुपर्छ'

'लिम्पियाधुरा-कालापानी र सुस्ताबाट मिचिएको भूमि फिर्ता ल्याउनुपर्छ'

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १४:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउनुपर्ने दोहोर्‍याएका छन्। 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउनुपर्ने बताएका हुन्। 

उनले सम्बोधनका क्रममा भारतसँग रहेको अर्बौँको व्यापार घाटा पनि कम गर्दै जानुपर्नेमा जोड दिएका छन्।

ओलीले भारतले गरेको नाकाबन्दीका क्रममा आफ्नो सरकारले चीनसँग पारवाहनसहित १५ वटा सम्झौता गरेर एकातिर मात्रै निर्भर हुने बाध्यता हटाएको पनि स्मरण गरे। 

'भारतसँगको व्यपारा घाटा कम गर्दै लैजानुको विकल्प छैन', उनले भने, 'लिपुलेक, लिम्पियाधुरा र कालापानी तथा सुस्ता क्षेत्रको अतिक्रमणमा नेपालको चासो छ। त्यसलाई फिर्ता ल्याउनुपर्छ।'

उनले भारतसँग रहेका समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा पनि जोड दिएका छन्। 

'दुई देशबीचका समस्यालाई जिम्मेवार कूटनीतिक पहलबाट समाधान गरिनुपर्छ', उनले भने, 'कामी सबै छिमेकीसँग समान सम्बन्ध राख्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad