राजनीति


फुमियो किसिदा बन्दै जापानको नयाँ प्रधानमन्त्री

फुमियो किसिदा बन्दै जापानको नयाँ प्रधानमन्त्री

नेपालखबर
असोज १४, २०७८ बिहिबार १०:५१, काठमाडौँ

फुमियो किसिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। यसअघि उनी विदेशमन्त्री थिए। 

किसिदाले आफ्नो पार्टी एवं सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) भित्रको प्रतिस्पर्धामा टारो कोनोलाई हराएका हुन्। 

योसँगै किसिदाले अब जापानका वर्तमान प्रधानमन्त्री योसिहिदो सुगाको स्थान लिने भएका हुन्। जापानमा जो सत्तारूढ पार्टीको प्रमुख हुन्छ, उसैले सरकारको नेतृत्व गर्ने चलन छ। 

सुगाले एक वर्ष प्रधानमन्त्री बनिसकेपछि पदबाट हट्ने कुरा यसअघि नै बताइसकेका छन्।  

किसिदा लामो समयदेखि प्रधानमन्त्री बन्ने प्रयासमा थिए। तर गत वर्षको चुनावमा उनी सुगासँग हारेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad