राजनीति


रूसमा आमनिर्वाचन : पुटिनको दललाई फेरि बहुमत

रूसमा आमनिर्वाचन : पुटिनको दललाई फेरि बहुमत

नेपालखबर
असोज ४, २०७८ सोमबार ९:४२, काठमाडौँ

रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दलले बहुमत ल्याउने निश्चित भएको छ। 

पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने देखिएको हो।

तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थित युनाइटेड रसिया पार्टीले ४५ प्रतिशत मत प्राप्त गरेको छ। प्रतिष्पर्धी अर्को दल रुसी कम्युनिष्ट पार्टीले २२ प्रतिशत मात्रै  मत पाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

युनाइटेड रसिया पार्टीले पाँच वर्षअघि भएको चुनावमा ५४ प्रतिशत मत पाएको थियो।

६८ वर्षीय पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि निरन्तर रूसी सत्ताको केन्द्रमा छन्। 

गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ। सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ। उक्त चुनावमासमेत पुटिन उम्मेदवार बन्ने अनुमान गरिएको छ। तर, यसबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad