नेकपा (एकीकृत समाजवादी) ले धनुषामा रामचन्द्र पण्डितको अध्यक्षतामा २ सय १ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ।
आइतबार भएको पार्टीको अगुवा कार्यकर्ता भेलाले पण्डितको अध्यक्षतामा जिल्ला कमिटी निर्माण गरेको हो। पार्टीको जिल्ला उपाध्यक्षमा शितल साह, सचिवमा सोमप्रसाद शर्मा र उप–सचिवमा राजकुमार यादव चयन भएका छन्।
अध्यक्ष पण्डित सिंगो एमाले हुँदा पार्टीको धनुषा जिल्ला उपाध्यक्ष थिए। एमाले विभाजन बनेपछि एकीकृत समाजवादीले दुई महिनाअघि नै उनलाई धनुषा अध्यक्षको जिम्मेवारी दिएको थियो।
जिल्ला कमिटीका पदाधिकारी टुंगो लागे पनि सदस्यहरुको टुंगो लगाउन भने बाँकी रहेको पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए।
भेला एकीकृत समाजवादी प्रदेश २ का इन्चार्ज धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको थियो। भेलामा केन्द्रिय सदस्यहरु नागेन्द्र चौधरी, शत्रुधन महतो, रत्नेश्वरलाल गोइत, सुधीर साह, पूर्वमन्त्री यदुवंश झा लगायतको सहभागिता थियो।
Shares
प्रतिक्रिया