ad ad

राजनीति


एकीकृत समाजवादीका सांसदले विश्वासको मत दिनेमा ढुक्क छुः अष्टलक्ष्मी शाक्य

एकीकृत समाजवादीका सांसदले विश्वासको मत दिनेमा ढुक्क छुः अष्टलक्ष्मी शाक्य

नेपालखबर
असोज २, २०७८ शनिबार १९:३४, काठमाडौँ

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी) कै सहयोगमा आफूले विश्वासको मत पाउने दाबी गरेकी छन्। 

महोत्तरीको बर्दिबासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन्।  

बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन्। 

एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो।

नेता नेपालको नेकपा (एमाले) लाई मजबुत बनाउनमा महत्त्वपूर्ण योगदान दिएको र नेपालले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन्।

उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताइन्। एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .