राजनीति


'तत्काल पार्टी एकता गर्दैनौँ, अहिलेकै गठबन्धनबीच चुनावी तालमेल हुन्छ'

'तत्काल पार्टी एकता गर्दैनौँ, अहिलेकै गठबन्धनबीच चुनावी तालमेल हुन्छ'

नेपालखबर
असोज १, २०७८ शुक्रबार ११:७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन्। 

काठमाडौंको शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन्। 

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्। 

तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुन सक्ने  बताए। 

आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालले दाबी गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad