ad ad

राजनीति


शर्त राखेर एमालेमा लाग्नेहरू एकताको पक्षपाती हुन सक्दैनन् : पोखरेल

शर्त राखेर एमालेमा लाग्नेहरू एकताको पक्षपाती हुन सक्दैनन् : पोखरेल

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १८:३९, काठमाडौँ

नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले शर्त राखेर पार्टीको पक्षमा उभिनेहरू एकताको पक्षपाती हुन नसक्ने बताएका छन्।

बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कुनैपनि शर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने बताएका हुन्।

पोखरेलले पार्टी एकताको प्रमुख सर्त भनेको पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताए। उनले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पुर्‍याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे। 

उनले भने, ‘एकताको लागि प्रमुख सर्त भनेको के हो भने, एकताको कुरा भनेको एउटै कुराले निर्धारण गर्दछ। पार्टीको पक्षमा दृढतापूर्वक हामी उभिन्छौ कि उभिदैनौँ। इफ, बट लगाएर पार्टीको पक्षमा दृढतापूर्वक नउभिने कुरा हुन्छ भने हामी एकताको पक्षपाती हुन सक्दैनौँ। हामीले जब एकताको कुरा गरेको छ भने पार्टीको पक्षमा दृढतापूर्वक उभिनु पर्दछ। पार्टीको पक्षमा दृढतापूर्वक उभिने र क्रियाशील हुने प्रमुख कुरा हो। गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने र फुट र विभाजनकारी गतिविधिलाई सहयोग पुर्‍याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न सकिदैनँ।’

महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन अवसरवादी र अनैतिक भएको टिप्पणी पनि गरे। गठबन्धन संविधान, कानून, लोकतान्त्रिक मूल्य मान्यताको विपरित गएको उनको भनाई छ।

उनले एमालेलाई आगामी दिनमा सुदृढ बनाउनका लागि विचारमा स्पष्टता हुनुपर्ने, पार्टी संगठन राज्यको संरचनासँग मिल्नेगरी बनाउनुपर्ने, पार्टीलाई विधिसम्मत् ढंगले चलाउनुपर्ने, पार्टी सदस्यको वृद्धि र गुणस्तरीयता साथै आर्थिक सामाजिक विकासमा अगुवाई गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिए।

महासचिव पोखरेलले दश बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने पनि बताए।

पार्टीको एकतालाई मजबुद बनाउनका लागि तयार पारिएको दश बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढंगले लागु गरिने बताए। एमालेलाई कानूनी अर्थ र मर्मका आधारमा २०७५ साल

जेठ २ गतेको एमाले भएपनि वर्तमान एमाले भनेको एकता पछि बनेको विकसित एमाले नै रहेको उनले स्पष्ट पारे। आजको आवश्यकता एकतापछि बनेको एमालेकै रहेको पनि उनले उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .