ad ad

राजनीति


माधव नेपालले एमाले छाडेपछि दक्षिणपन्थ पराजित भयो : बादल

माधव नेपालले एमाले छाडेपछि दक्षिणपन्थ पराजित भयो : बादल

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १८:१९, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल'ले माधवकुमार नेपाल धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्।

प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहीबार कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे।

‘चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ। समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ', उनले भने, 'अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ। राजनीतिक प्रतिगमन, प्रतिक्रान्ति गरिएको छ। यसलाई परास्त गर्नेछौं। पुनःस्थापित हुने दिशामा अघि बढ्ने छौं।’

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे। ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन। समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .