ad ad

राजनीति


संसदमा एमालेको अवरोध यथावत, विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

संसदमा एमालेको अवरोध यथावत, विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १३:२३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्। 

मंगलबार दिउँसो १ बजेदेखि बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले सांसदहरुले आसनबाट उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्। 

एमालेको अवरोधबीच बैठकको आसनबाट रोष्ट्रमसम्म पुगेर अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे।

अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावमा केही बेर छलफलपछि सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरे। 

प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएको हो। त्यसयता सभामुख सापकोटाको राजीनामा माग गर्दै एमालेले संसदमा अवरोध गरिरहेको छ।

गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्वीप उलंघन गरेको आरोपमा १४ सांसदमाथि गरेको कारबाहीको सूचना संसदमा टाँस्नुपर्ने अडान एमालेले राखेको छ।

तर सभामुख सापकोटाले एमालेको उक्त निर्णय निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ता नगरुन्जेल थन्काइदिएका थिए।

आयोगले माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ता गराइसकेपछि सभामुख सापकोटाले १४ सांसदमाथि कारबाही गर्नुनपर्ने निर्णय लिएका थिए। 

सभामुखको त्यही निर्णयपछि एमाले संसदमा आन्दोलित छ। सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नराखी अघि बढेको आरोप पनि एमालेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .