ad ad

राजनीति


बिहार मधुवनीको ग्रामपञ्चायत चुनावका लागि ४८ घण्टा सीमा सिल हुने

बिहार मधुवनीको ग्रामपञ्चायत चुनावका लागि ४८ घण्टा सीमा सिल हुने

शैलेन्द्र महतो
भदौ २८, २०७८ सोमबार १५:१८, जनकपुरधाम

भारतको विहारमा सेप्टेम्बर २९ तारिख अर्थात असोज ११ गतेबाट हुने ग्रामपञ्चायत चुनावको सुरक्षा विषयमा जनकपुरमा नेपाल भारत सुरक्षा अधिकारीको संयुक्त बैठक सम्पन्न भएको छ। 

बैठकले चुनावको अवधिमा नेपाल भारतको सीमा सिल र सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउने निर्णय भएको हो। 

चुनाव अवधिमा ४८ घण्टासम्म भारत विहारको मधुवनी जिल्लासँग जोडिएका सीमा नाकाहरु सिल गर्ने बैठकले निर्णय गरेको हो।  

विहारमा ११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धाँधलीरहित बनाउनका लागि नेपाली सुरक्षाकर्मीले पनि सहयोग गर्ने भारतीय अधिकारीले  बैठकमा  विश्वास व्यक्त गरेका छन्।

बैठकमा नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल तर्फ ड्रग्सको सप्लाई बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर बस्ने गरेको विषयमा ध्यानाकर्षण समेत गराएका छन्।

बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, सशस्त्र प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा भारतका तर्फबाट विहारका दरभंगाका डिभिजनल कमीस्नर डा. मनिष कुमार, मधुबन्नी जिल्लाका डीएम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबीका प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .