राजनीति


चिनियाँ राष्ट्रपति सि पहिलोपटक उत्तर कोरियामा

चिनियाँ राष्ट्रपति सि पहिलोपटक उत्तर कोरियामा

एजेन्सी
असार ५, २०७६ बिहिबार ६:३४,

चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरिया पुगेका छन्।

बिहीबार सि विमान चढेर उत्तर कोरिया पुगेको एससीएमपीले जनाएको छ। सिलाई सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

दुई दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सि उत्तर कोरिया पुगेका हुन्। सन् २०१२ मा सत्ता सम्हालेयता सिले पहिलोपटक उत्तर कोरियाको भ्रमण गरेका हुन्। गएको १४ वर्षयता चिनियाँ राष्ट्रपतिको यो पहिलो भ्रमण पनि हो।

सि आफ्नी श्रीमती पेङ लियुन, विदेशमन्त्री वाङ यी तथा नामी कुटनीतिज्ञ याङ जेचीसँग उत्तर पुगेका छन्।

Xi Jinping’s plane lands in Pyongyang as he begins his first visit to North Korea as Chinese president. Photo: Weibo

बिहीबार सि र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुनेछ। वार्तामा उत्तर कोरियाले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने या नगर्नेबारेमा छलफल गर्ने दक्षिण कोरियाली संचार माध्यमहरुले जनाएका छन्। साथै दुई नेताले एकसाथ बसेर जिम्न्यास्टिक खेल हेर्ने पनि बताइएको छ।

जापानमा हुने जी२० सम्मेलन अगाडि सिले उत्तर कोरियाको भ्रमण गर्नुलाई महत्वका साथ हेरिएको छ। आगामी जुन २८ मा जापानमा हुने सम्मेलनमा सि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता हुने कार्यतालिका छ।

ट्रम्पसँगको भेटमा सिले उत्तरको समस्या ट्रम्प समक्ष राख्ने अनुमान गरिएको छ। सिसँग चिनियाँ राष्ट्रिय विकास र सुधार अयोगका प्रमुख हि लिफेङ पनि उत्तर पुगेका छन्। उनको उपस्थितीले सि भ्रमणमा आर्थिक सम्झौताको एजेन्डा भएको अनुमान गरिएको छ।

The Chinese president is greeted with a ceremony at Pyongyang airport. Photo: Weibo

हाल चीन र अमेरिका व्यापार युद्धमा होमिएका छन्। सि भ्रमणमा गएको उत्तर कोरियामाथि अमेरिकी साथै अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ।

चीन र अमेरिकाबीच व्यापार युद्ध जारी रहँदा उत्तर कोरियामाथिको अमेरिकी प्रतिबन्ध कायम रहेका बेलामा सिको उत्तर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

गत फेब्रुअरी महिनामा अमेरिका र उत्तर कोरियाबीच अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सम्बन्धमा भएको छलफल निश्कर्ष विहीन भएको थियो। जसले उत्तरले गर्ने भनेको क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौता अन्यौल बनेको छ।

चीनले गतवर्षको जुलाईमा संयुक्त राष्ट्रसंघको दबाबमा उत्तरमाथि कोइला लगायतका सामाग्री निर्यातमा प्रतिबन्ध लगाएको थियो। तर पनि चीनले उत्तर कोरियामा गोप्य ढंगबाट विभिन्न सामाग्री निर्यात गरिरहेको अमेरिकी आरोप छ।

विश्लेषकहरुका अनुसार सिले भ्रमणमार्फत् उत्तरसँग विग्रिएको सम्बन्धलाई नयाँ रुप दिने प्रयास गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad