ad ad

राजनीति


आज संसद् बैठक बस्दै, कार्यसूचीमा ३२ वटा सम्भावित कार्यक्रम

आज संसद् बैठक बस्दै, कार्यसूचीमा ३२ वटा सम्भावित कार्यक्रम

नेपालखबर
भदौ २३, २०७८ बुधबार ७:३६, काठमाडौँ

आज (बुधबार) संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का बैठक बस्दै छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार आज अपराह्न ४ बजे दुवै सदनका बैठक बस्ने भएका हुन्। 

यसअघि साउन ३२ गते सरकारले दुवै सदनका बैठक अन्त्य गरेको थियो। यसबीच सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो।  

जसअनुसार एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भइसकेका छन्।

एमाले विभाजन गरी माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन गरी महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता गराएका हुन्। 

आजको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची
आजको प्रतिनिधि सभाका लागि सम्भावित कार्यसूचीमा ३२ वटा कार्यक्रम छन्। यीमध्ये सबैभन्दा धेरै अध्यादेश छन्।

जसमा सबैभन्दा पहिले गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश पेस गर्ने कार्यक्रम छ। त्यसपछि अन्य अध्यादेश छन्। ​

यी हुन् आजका लागि सम्भावित ३२ कार्यक्रम–

संसद् बैठकमा सरकारले बजेट विस्थापनसम्बन्धी विधेयक पेस गर्ने सम्भावना पनि छ। 

यो पनि–

संसदको पहिलो वा दाेस्राे बैठकमै पेस हुन्छ बजेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .