ad ad

राजनीति


उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १२:४१,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उप निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन कार्तिक ७ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले ७ गते उम्मेदवारको टुंगो लगाउन केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कार्तिक ७ गते (बिहीबार)भित्रै उम्मेदवारको टुंगो लगाउने गरी ताकेता दिन थालिएको बताए।

उनले भने, ‘७ गते पार्टी केन्द्रीय समितिको बैठक बस्दै छ, सोही बैठकमा उम्मेदवारको टुंगो लगाउने भन्ने आजको बैठकमा छलफल भयो’, नेपालखबरसँग कुरा गर्दै सहमहामन्त्री महतले भने, ‘केही ठाउँबाट उम्मेदवारी सिफारिस भएको छ भने केहीबाट भएको छैन्। उम्मेदवार सिफरिस नभएका ठाउँमा छिटो गर्नका लागि ताकेता गर्ने भन्ने निर्णय भयो।’ उनले सो बैठकमा उपनिर्वाचनका उम्मेदार, तयारी र पार्टीका अन्य गतिविधिका बारेमा छलफल हुने बताए।

त्यस्तै पदाधिकारीको बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाब सरकारलाई दिएको छ। संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने कांग्रेसको ठहर छ।

त्यस्तै संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएको दिएको थियो। बैठकले अनौपचारिक छलफल गरी सहमतिपश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह सरकारलाई दिएको छ।

बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराएका थिए।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रमेश लेखक, डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए।

आउँदो मंसिर १४ गते प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं‍ २ मा प्रदेश सभा अन्तर्गत दाङ ३ (ख) भक्तपुर १ (ख), बागलुङ क्षेत्र नं. २ (ख) र विभिन्न कारणले रिक्त स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि प्रमुख दलहरुले अहिलेसम्म उम्मेदवारको घोषणा गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .