राजनीति


अफगानिस्तान : पन्जसिरबाट भागे अपदस्थ उपराष्ट्रपति

अफगानिस्तान : पन्जसिरबाट भागे अपदस्थ उपराष्ट्रपति

फाइल तस्बिर : अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह


नेपालखबर
भदौ २१, २०७८ सोमबार ९:४८, काठमाडौँ

तालिबानले अहिलेसम्म कब्जा गर्न नसकेको अफगानिस्तानको पन्जसिर प्रान्तस्थित रेजिस्टेन्स फोर्स (तालिबान प्रतिरोधी समूह) का अड्डाहरूमा हवाई हमला गरिएको छ। अफगान सञ्चारमाध्यमका अनुसार हमला पाकिस्तानी पाइलटले गरेको आशंका छ।​

पन्जसिरमा रेजिस्टेन्स सेनाको नेतृत्वकर्ता एवं अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह बसेको घरमा आइतबार हवाई हमला गरिएको हो। त्यसपछि सालेह​​ताजिकिस्तान भागेका हुन्। तालिबानविरोधी समूहका अर्का नेतृत्वकर्ता अहमद मसुद भने पन्जसिरकै कुनै सुरक्षित स्थानमा छन्। 

पाकिस्तानको सीएच–फोर ड्रोनले पन्जसिरस्थित एक गाडीमा क्षेप्यासत्र हानेको छ। यसमा परी रेजिस्टेन्सका प्रवक्ता फहिम दश्ती र अन्य पाँच लडाकु मारिएका छन्। दश्ती पेसाले पत्रकार थिए र अगस्ट १५ सम्म उनी काबुल डेलीका सम्पादक थिए।

आइतबारको युद्धमा तालिबानबाट पन्जसिरका धेरै जना शीर्ष नेता मारिएका छन्।  

यो पनि : 

मर्न तयार छु तर तालिबानसामु आत्मसमर्पण गर्दिनँ : अपदस्थ उपराष्ट्रपति

पन्जसिरमा पनि जित्न थाले तालिबानले, विरोधी समूहका धेरै जना शीर्ष कमान्डर मारिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .