ग्लोबल


मर्न तयार छु तर तालिबानसामु आत्मसमर्पण गर्दिनँ : अपदस्थ उपराष्ट्रपति

मर्न तयार छु तर तालिबानसामु आत्मसमर्पण गर्दिनँ : अपदस्थ उपराष्ट्रपति

फाइल तस्बिर : अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह

तालिबानले गत अगस्ट १५ मा सत्ता कब्जा गरेयता अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह देशकै पन्जसिर प्रान्तमा बसिरहेका छन्। जुन अफगानिस्तानको एक मात्र त्यस्तो प्रान्त हो, जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन। बरु त्यहाँका तालिबानविरोधी लडाकुले तालिबानका लडाकुलाई चुनौती दिइरहेका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले पनि त्यहाँ दुई पक्षबीच भीषण युद्ध जारी छ। तालिबानविरुद्ध लडिरहेको रेजिस्टन्स फोर्सको नेतृत्व अपदस्थ उपराष्ट्रपति सालेह नै गरिरहेका छन्। उनले भनिरहेका छन्, ‘म एक मुठी सास छउन्जेल तालिबानविरुद्ध लडिरहनेछु।’

यसै क्रममा अपदस्थ उपराष्ट्रपति सालेहले बेलायती पत्रिका डेलीमेलमा लेख लेख्दै भनेका छन्, ‘पन्जसिरमा तालिबानविरुद्ध लड्ने निर्णय गर्ने बेला मैले आफ्ना सुरक्षाकर्मीलाई भनेको छु– यदि तालिबानसँगको युद्धमा म घाइते भएँ भने मेरो टाउकोमा दुईपल्ट गोली हानिदिनू, तर म तालिबानसामु आत्मसमर्पण गर्न चाहन्नँ।’ 

तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेकै दिन राष्ट्रपति असरफ गनी देशै (अफगानिस्तान) छाडेर भागे पनि उपराष्ट्रपति सालेह भने देशभित्रै रहेर तालिबानलाई चुनौती दिइरहेका हुन्। 

यो पनि :

सरकार गठनबारे तालिबान र हक्कानी नेटवर्कबीच झगडा, गोली लागेर तालिबानी नेता बरादर घाइते

सरकार बनाउने बेला संकटमा तालिबान : पन्जसिरमा लफडा, काबुलमा झगडा

‘अफगानिस्तानमा छुटेका अमेरिकीलाई तालिबानले खोजीखोजी मारिरहेका छन्!’

भदौ २०, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .