अफगानिस्तानको पन्जसिर प्रान्तमा रेजिस्टन्स फोर्स (अहमद मसुद समूह) र तालिबानका लडाकुबीच युद्ध जारी छ। यसैबीच तालिबानविराेधी मसुद समूह कमजोर हुँदै गएको खबर आएको छ।
स्रोतका अनुसार अहमद मसुदले तालिबानसँग युद्ध अन्त्यकाे प्रस्ताव राखेका छन्।
यतिबेला पन्जसिरमा तालिबानको अवस्था बलियो बनेको बताइएको छ।
तालिबान लडाकु युद्धद्वारा नै पन्जसिर कब्जा गर्न चाहन्छ। किनकि त्यहाँ युद्धको सुरुवात मसुद समूहले गरेको थियो। त्यसप्रति तालिबान रुष्ट छ। मसुद समूहका लडाकुलाई उनीहरू सजाय दिन चाहन्छन्।
तालिबानले आफ्ना लडाकु पन्जसिरका गभर्नरको कार्यालयमा प्रवेश गरिसकेको दाबी गरेका छन्।
आइतबारको लडाइँमा पन्जसिरका धेरै जना शीर्ष नेता मारिएका छन्। यसमा सबैभन्दा प्रमुख फहिम दश्ती हुन्। पत्रकारसमेत रहेको फहिम पन्जसिरका प्रवक्ता थिए।
साथै मसुद परिवारसँग सम्बद्ध कमान्डर पनि मारिएका छन्। यिनमा गुल हैदर खान, मुनिम अमिरी र जनरल वुदाद पनि छन्।
तालिबान स्रोतले पन्जसिरका धेरै जना शीर्ष कमान्डर मारिएको पुष्टि गरेको छ। मसुद गुटले पनि यसको पुष्टि गरेको छ।
Shares
प्रतिक्रिया