ad ad

राजनीति


‘राष्ट्रिय जनमोर्चाको नामबाट  सुदूरपश्चिममा गरिएको भेला अवैध’

‘राष्ट्रिय जनमोर्चाको नामबाट  सुदूरपश्चिममा गरिएको भेला अवैध’

नेपालखबर
भदौ ९, २०७८ बुधबार १५:९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिममा पार्टीको नामबाट गरिएको भेला अवैध भएको जनाएको छ।  बुधबार धनगढीमा भएको भेला पार्टीको निर्णयबाट नभएको पनि राजमोले स्पष्ट पारेको छ।

राजमो महासचिव मनोज भट्टले बुधबार प्रेस वक्तव्य प्रकाशित गरी पार्टीको नाममा धनगढीमा गरिएको भेला अवैध भएको स्पष्ट पारेको हुन्। 

राजमोले कथित भेला र भेलाबाट गठित कमिटी अवैध भएको भन्दै त्यसको भ्रममा नपर्न पनि अपिल गरेको छ।

वक्तव्यमा भनिएको छ, ‘२०७८ भाद्र ९ गते धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको कथित प्रदेश स्तरीय भेलाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कथित प्रदेश स्तरीय भेला पार्टीको निर्णयबाट गरिएको, भएको होइन र छैन। त्यसैले उक्त भेला र भेलाबाट गठित कमिटी अवैध हो। अवैध भेला र निर्माण गरिएको अवैध समितिको भ्रममा नपर्न सबै प्रदेश स्तरीय नेता, कार्यकर्ता तथा सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक अपिल गर्दछु। साथै उक्त भेला र समिति अवैध भएकोले खारेज गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .