लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेको १० दिनमा कुलप्रसाद केसीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
प्रदेशका ग्रामिण तथा शहरी विकासमन्त्री डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए।
माओवादी केन्द्रका संसदीय दलका नेता केसी साउन २८ गते प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका थिए। नयाँ सरकार बनेपछि आह्वान भएको प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गतको बैठक एमालेले लगातार अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन्।
प्रदेश सभाको सोमबारको पहिलो बैठक विपक्षी दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो। आजको अर्को बैठकमा विपक्षीले अवरोध गरे मार्शल लगाएर भए पनि विश्वासको मत लिने तयारी केसीको छ।
प्रदेश सभामा अहिले ८० जना सांसद छन्। विश्वासको मत पाउन ४१ मत ल्याउनुपर्ने हुन्छ। विपक्षी एमालेसँग ३८ जना रहेका छन्। सत्तापक्षसँग ४२ सांसद रहेका छन्।
Shares

प्रतिक्रिया