राजनीति


ओलीले भने : नयाँ पार्टीबाट माधव नेपाल पछि हटुन्, सबै कारबाही फिर्ता हुन्छ

ओलीले भने : नयाँ पार्टीबाट माधव नेपाल पछि हटुन्, सबै कारबाही फिर्ता हुन्छ

नेपालखबर
भदौ ७, २०७८ सोमबार १४:५३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्णयबाट फिर्ता भए अहिलेसम्मका सबै कारबाही निष्कृय गर्ने बताएका छन्। 

एमालेको कार्यदलमा सहभागी सदस्यहरुसँग निजी निवास बालकोटमा भएको छलफलपछि अध्यक्ष ओलीले आफू नेपालसँग मिलेर जान तयार रहेको बताएका हुन्। 

'कारबाहीका कुरा प्राविधिक मात्रै हुन्, मुख्य कुरा मिल्ने भन्ने हो', ओलीले कार्यदलका नेताहरुसँग भने, 'माधव नेपालले नयाँ पार्टीबाट फिर्ता गर्ने निर्णयले अहिलेसम्मका सबै कारबाही फिर्ता हुनेछन्। पार्टी पनि केन्द्रदेखि तलसम्म २०७५ जेठ २ को अवस्थामा क्रियाशील हुनेछ।'

बैठकमा सहभागी नेता योगेश भट्टराईका अनुसार ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार भएका छन्।

'हाम्रा पार्टी अध्यक्ष कमरेड १० बुँदे सहमति कार्यान्वयन गर्न तयार हुनु भएको छ। देशभरका एमाले कार्यकर्ता सबैलाई कोही पनि विभाजनको पक्षमा नजाऊँ भन्ने कुरामा हामी सहमत भएका छौँ', भट्टराईले भने, 'अध्यक्ष कमरेड र हामीबीच पुराना जिम्मेवारी कामय हुने गरी सहमति भएको छ। पार्टीमा कसैमाथि पक्षपात हुँदैन। अन्याय हुँदैन भन्ने सुनिश्चितता पार्टीले गर्छ। उत्तेजना र आवेशमा नआउन सबैलाई आग्रह गरेका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad