राजनीति


कार्यकक्षमै सभामुखलाई धम्की दिइएकोमा ५ दलको आपत्ति

कार्यकक्षमै सभामुखलाई धम्की दिइएकोमा ५ दलको आपत्ति

नेपालखबर
भदौ ७, २०७८ सोमबार १४:३, काठमाडौँ

नेपाली कांग्रेससहितको पाँच दलका सचेतकसहितका प्रतिनिधिहरूले नेकपा एमालेका १४ सांसदले सभामुख अग्निप्रसाद सापकोटामाथि गरिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

सोमबार कांग्रेस सचेतक डा. पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका प्रतिनिधि प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दुर्गा पौडेल र नेकपा एमाले माधव नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै एमालेका सांसदहरुले दिएकाृ धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति जनाएका हुन्।

उनीहरुले भनेका छन्, ‘यही भदौ २०७८ भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका माननीय सदस्यहरुले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादाविपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्माननीय सभामुखविरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ 

नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक भएकोले उनीविरुद्ध धम्की दिइनु संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको विज्ञप्तिमा जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad