माधवकुमार नेपालले नयाँ नेताहरुलाई लिएर नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन्।
आफूलाई वर्षौदेखि साथ दिएका पुराना नेताहरु अष्टलक्ष्मी शाक्य, भीम रावलदेखि रघुजी पन्त पनि नेता नेपालले गठन गरेको एमाले समाजवादी पार्टीमा छैनन्। शाक्य वागमती प्रदेशको मुख्य मन्त्री बन्दैछिन्। उनी मुख्यमन्त्री बनेपछि कता खुल्छिन्, एकीन छैन।
९५ जना केन्द्रीय सदस्य रहेको एमाले समाजवादीको अध्यक्षमा नेपालको नाम छ। दोस्रोमा झलनाथ खनालको नाम छ। तेस्रो वरीयतामा भने मुकुन्द न्यौपाने छन्।
एमालेमा हुँदा नेपाल पक्षमा १३ जना स्थायी कमिटीका नेताहरु थिए।
नयाँ बनेको पार्टीमा खनाल, न्यौपाने र बेदुराम भुसाल गरी ३ जना मात्र पुराना स्थायी कमिटी सदस्य छन्।
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुसाल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने नेपाल पक्षका हुन्।
अहिले पाण्डे र आचार्य खनालसँगै नयाँ दिल्ली छन्।
नयाँ दल दर्ता गरिएको नेकपा एमाले समाजवादी पार्टीमा पुराना नेताहरु भन्दा नयाँ नेताहरुै बर्चस्व देखिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ गते विश्वासको मत दिने २२ जना सांसद नयाँ पार्टीमा छन्।
नेपालकाे पार्टीमा काे काे?
\
Shares
प्रतिक्रिया