ad ad

राजनीति


माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

नेपालखबर
भदौ २, २०७८ बुधबार १३:४८, काठमाडौँ

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ। 

उक्त समूहकाे केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो। 

नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए।

पार्टीकाे नाम र चुनाव  चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा एमाले समाजवादी राख्ने र खुला किताब चुनाव चिह्न राख्ने सहमति जुटेकाे हाे। 

नेपाल पक्षले कम्तिमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेकाे छ। पार्टीकाे नाम, विधान, प्रस्तावना यसअघि नै टुंगाे लगाइसकिएको छ।

नेपाल समूहकाे पार्टी  दर्ता भएपछि सरकारमा जाने तयारीमा छ। २०५४ सालमा विभाजित भएकाे एमाले ०५६ मा एक भएकाे थियाे। यसपाली एमाले फुटाउँदा नेपाललाई आफ्नै समूहका दाेस्राे पुस्ताका नेता कार्यकर्ताले साथ नदिने देखिएकाे छ।

तेस्राे पुस्ताका युवा नेता कार्यकर्ताको समर्थनमा नेपालले नयाँ पार्टी बनाउन लागेका हुन्। कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै आएका नेपालले पहिलाे पटक संस्थापनका  बिरुद्ध विद्राेह गरेका हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .