नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजन गर्न सहज हुनेगरी ल्याएको अध्यादेशले राजनीतिमा विकृति बढ्ने बताएका छन्।
सरकारले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि संग्रौलाले सामाजिक सञ्जालमार्फत् त्यसको विरोध गरेका हुन्। यो अध्यादेशले ओलीलाई जस्तै देउवालाई पनि पतन गर्ने संग्रौलाको भनाई छ।
‘थ्रेसहोल्ड अघि पति-पत्नी पार्टीको बिगबिगी थ्यो। १२/१५ उम्मेद्वार उठायो, जम्मैको जमानत जफत हुन्छ, तर समानुपातिक मत बटुल्दा पति-पत्नी सांसद हुन पुग्छ। अनि दुई मत बेच्यो, मन्त्री भयो,’ वरिष्ठ लेखकसमेत रहेका संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘शेरतन्त्रको अध्यादेशले उही ठगवृत्तिको विकृति बौराउने भो। झुर अध्यादेशले ओलीपछि देउवाको पतन, कठै!’
Shares
प्रतिक्रिया