गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा पक्षमा मतदान नगर्ने १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेको छ।
एमाले संसदीय दलको बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा सिफारिस पठाइएको हो।
एमालेले आजै बसेको संसदीय दलको बैठकपछि ती सांसदहरुमाथि कारबाही गरिएको पत्र संसद सचिवालयका महासचिव डा. भरत गौतमकहाँ दर्ता गराएको हो
ती सांसदहरुमाथि कारबाही गरिएको जानकारी एमालेले निर्वाचन आयोगलाई पनि पठाएको छ।
'कारबाही गरेको बोधार्थका रुपमा हामीलाई जानकारी आएको छ', आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, 'कारबाही गरिएको जानकारी हामीलाई संघीय संसद सचिवालयबाट आउनेछ।'
यी हुन् कारबाही गरिएका सांसद
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणि चौधरी
Shares

प्रतिक्रिया