राजनीति


इन्डोनोसियाको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा झण्डोत्ताेलन

इन्डोनोसियाको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा झण्डोत्ताेलन

नेपालखबर
भदौ १, २०७८ मंगलबार १६:३४, काठमाडौँ

गणतन्त्र इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय आईएमई कम्पलेक्स परिसर, पानीपोखरी, काठमाडौंस्थित कार्यालयमा झण्डोत्ताेलन गरिएको छ।

मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्ताेलन गरेका छन्। उक्त अवसरमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो।

कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्‍याउन आफूले प्रयास गरिरहेको बताए।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रसस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ।

इन्डोनेसिया आसियान राष्ट्रहरुमध्यको सबैभन्दा ठूलो अर्थतन्त्र हो। नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ। दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन्।

झण्डोत्ताेलन कार्यक्रममा वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad