ad ad

राजनीति


जसपा नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु, यस्ता छन् एजेन्डा

जसपा नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु, यस्ता छन् एजेन्डा

नेपालखबर
भदौ १, २०७८ मंगलबार १४:१९, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा सुरु भएको छ। 

जसपाको केन्द्रीय कार्य समिति बैठक सोमबारदेखि दुई दिनका लागि डाकिएको हो। 

पार्टी अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा करिब ८० प्रतिशत केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ।

केन्द्रीय कार्यकारिणी समितिबाट तय भएका एजेण्डामाथि नै केन्द्रित भएर बैठकमा छलफल हुने भएको छ। 

यो बैठकमा निर्वाचन आयोगले आधिकारिकता दिएपछिको राजनीतिक अवस्थाबारेमा अध्यक्ष उपेन्द्र यादवले प्रतिवेदन पेश गर्दैछन्। 

उनले देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रतिवेदन पेश गरेपछि त्यसमाथि केन्द्रीय सदस्यले आफ्ना भनाइ राख्ने छन्। 

बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानबारे पनि छलफल हुँदैछ। 

उक्त अभियानका संयोजकमा वरिष्ठ नेता अशोक राईको नाम अघि सारिएको छ। त्यस्तै बैठकमा सरकारमा जानेसहित अन्य विषयमा पनि कुरा हुने भएको छ।

जसपामा ८ सय १ जनाको केन्द्रीय समिति थियो। जसमा ६ सयभन्दा धेरै केन्द्रीय सदस्यहरु आफ्नै पक्षमा रहेको उपेन्द्र यादव पक्षले बताउँदै आएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .