राजनीति


अफगानिस्तानका राष्ट्रपति देश छाडेर ताजिकिस्तानतर्फ भागे

अफगानिस्तानका राष्ट्रपति देश छाडेर ताजिकिस्तानतर्फ भागे

नेपालखबर
साउन ३१, २०७८ आइतबार १९:४७, काठमाडौँ

तालिबान विद्रोहीहरू देश कब्जा गर्दै राजधानी काबुलसम्म नै आइपुगेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गानी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति गानी र उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तानतर्फ लागेको तोलो न्युजले जनाएको छ। त्यहाँबाट उनीहरु अर्को मुलुकतर्फ जाने बताइएको छ। 

रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन्। 

गानीका निकट सहयोगीहरुले देश छाडेका छन्। 

यसअघि दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलई सुम्पेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .