ad ad

राजनीति


मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकारः मन्त्री बस्नेत

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकारः मन्त्री बस्नेत

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ८:४७,

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन्।

सुर्खेत विमानस्थलमा प्रेस संगठन सुर्खेतले शनिबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन्।

‘मन्त्रिपरिषद् परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो, उहाँको सहजताका लागि हो, उहाँले केही हेरफेर गर्न सक्नुहुन्छ’, उनले भने। पत्रकारको प्रश्नमा मन्त्री बस्नेतले मन्त्री परिवर्तनको विषय नयाँ नभएको र बाहिर आएजस्तो गरी मन्त्रिपरिषद् हेरफेरको चर्चा नभएको स्पष्ट पारे।

मन्त्री बस्नेतले कर्णाली प्रदेशलाई विकासको राष्ट्रिय मूलप्रवाहमा सहभागी गराउने बताए। कर्णालीको विकासमा सबैको भूमिका आवश्यक भएको भन्दै मन्त्री बस्नेतले यो वर्ष आर्थिक, सामाजिक विकासको वर्ष हुने बताए। आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएकाले अब सबैतिर विकासले गति लिने बताए।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण गरिने प्रादेशिक विमानस्थल जमीनको कारण नरोकिने भन्दै यसको काम छिट्टै सञ्चालन हुने उनले जानकारी दिए। सरकारले बाढीपीडितको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री बस्नेतले बाढीपीडितको समस्या समधान हुने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .