जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन्।
जिल्ला अदालत धनुषाले सांसद साहलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
सोमबार जनकपुरबाट काठमाडौंको बुद्ध एयरको उडान ढिलो भएको भन्दै सांसद साहले काउन्टरमा लात्ती हानेका थिए। उनको लात्ती प्रहारबाट काउन्टरमा क्षति पुगेपछि त्यहाँका कर्मचारीले उनी विरुद्ध उजुरी हालेका थिए।
मंगलबार ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका साहलाई जनकपुर लगिएको थियो। शुक्रबार जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।
प्रतिक्रिया