सत्तारुढ दलनिकट विभिन्न पाँच विद्यार्थी संगठनले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा एकजना नेपाली बेपत्ता भएको घटनाबारे भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्न माग गरेका छन्।
उनीहरुले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएर दार्चुलास्थित महाकालीमा नेपाली युवा सवार तुइन काटिएको घटनाबारे भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्न माग गरेका हुन्।
ज्ञापन पत्र बुझाउन नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल पक्षीय अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौँका अध्यक्ष विमल पोखरेल बालुवाटार पुगेका थिए।
भारतीय सुरक्षाकर्मीले शुक्रबार तुइन काट्दा दार्चुलाको व्यास गाउँपालिका-२ का ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएका थिए। उनको अवस्था अझै अज्ञात छ।
Shares
प्रतिक्रिया