ad ad

राजनीति


चीनसँग विवाद जारी रहँदा भारतले रुसको नयाँ स्टिल्थ फाइटर ‘चेकमेट’ खरिद गर्नसक्छ

चीनसँग विवाद जारी रहँदा भारतले रुसको नयाँ स्टिल्थ फाइटर ‘चेकमेट’ खरिद गर्नसक्छ

रुसको स्टिल्थ चेकमेट विमान


नेपालखबर
साउन १०, २०७८ आइतबार १८:५३,

रुसले गतहप्ताको मंगलबार मात्र नयाँ युद्धक विमान सार्वजनिक गरेको छ। सुखोइ फाइटर जेटकै नयाँ संस्करणको रुपमा रुसले ‘चेकमेट’ नामको विमान सार्वजनिक गरेको हो।

यो विमान रुसी राष्ट्रपति भ्लादमिर पुटिनको उपस्थितिमा सार्वजनिक गरिएको थियो। यो पाँचौं पुस्ताको विमानले सन् २०२३ देखि उडान भर्नेछ।

पुटिनले यो विमानलाई रुसको हवाई शक्ति भनेका थिए। साथै हाइपरसोनिक र स्टिल्थको सुविधा भएको यस विमान १५ वर्षभित्र ३ सय वटा बनाउने लक्ष्य लिइएको छ।

हाइपरसोनिक अर्थात् यो विमान ध्वनीको गतिभन्दा तिव्र हुनेछ, यस्तै स्टिल्थ अर्थात् यो विमानलाई राडारमा रेकर्ड गर्न सकिनेछैन।

यो विमानले अमेरिकाको सबैभन्दा आधुनिक पाँचौ पुस्ताको युद्धक विमान एफ–३५ लाई टक्कर दिनेछ अथवा यही विमानलाई पछाडि पार्न रुसले चेकमेट बनाएको बताइन्छ।

रुसको सरकारी एरोस्पेस तथा डिफेन्स कम्पनी रस्टेकले दुश्मनले यो विमान पत्ता लगाउन नसक्ने दाबी गर्दछ।

चीनविरुद्ध बलियो हुन भारतले खरिद गर्नसक्छ चेकमेट

सैन्य विश्लेषकहरुका अनुसार चीन र भारतबीच सीमा विवाद समाधान हुन सकेको छैन जसका कारण चीनविरद्ध बलियो रुपमा प्रस्तुत हुन भारतले रुसबाट चेकमेट हतियार खरिद गर्नसक्छ।

भारत रुसको प्रमुख हतियार खरिदकर्तामध्ये एक राष्ट्र हो। जसका कारण भारतले सुरुवातमै रुससँग यो विमान खरिदको सम्झौता गर्नसक्ने अनुमान गरिएको छ।

रस्टेक कम्पनीले गतहप्ता मस्कोमा भएको विमान प्रदर्शनी कार्यक्रममा चेकमेट शक्तिशाली भएको र यो कम मूल्यमा खरिद गर्न सकिने बताएको थियो। 

चिनियाँ जनमुक्ति सेनाका पूर्व प्रशिक्षक तथा चिनियाँ सेनाका टिप्पणीकार सङ जोङपिङका अनुसार भारतले चेकमेट खरिद गर्ने सम्भावना छ।

उनका अनुसार चीनसँग विवाद जारी रहँदा भारत सबैभन्दा आधुनिक पाँचौं पुस्ताको विमान खरिद गर्न चाहन्छ। भारतले यसअघि अमेरिकाको लकहिड मार्टिनको एफ–३५ विमान खरिद गर्न चाहेको थियो।

तर सोही क्षमताकै विमान सस्तोमा पाउँदा भारत रुसतर्फ ढल्किनसक्छ। गतवर्षको जुनमा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा झडप भएयता चीनले शक्तिशाली जे–२० विमान तिब्बती क्षेत्रमा तैनाथ गरेको छ। जवाफमा भारतले फ्रान्सबाट राफेल विमान खरिद गरेर लद्दाखमा तैनाथ गरेको छ।

स्टिल्थ लडाकु विमानहरूको बिक्री धेरै राजनीतिक विषय भएको र यो राजनीतिक विभाजनमा आधारित भएकै कारण भारतले रुसबट चेटमेट खरिद गर्ने बताइएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .