राजनीति


आज पौडेल पक्षको बैठक बस्दै

आज पौडेल पक्षको बैठक बस्दै

नेपालखबर
साउन १०, २०७८ आइतबार १०:३१,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज (आइतबार) बस्दै छ।

कांग्रेसका महामन्त्री शशांक कोराइरालका स्वकीय सचिव भरत तिवारीका अनुसार बैठक मध्याह्न १२ बजे कोइराला निवासमा बस्नेछ। बैठकमा १४औं महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवादबारे छलफल हुनेछ।

वरिष्ठ नेता पौडेलको संयोजनमा बस्न लागेको बैठकमा कांग्रेसको संस्थापनइतर समूहका महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, शेखर कोइरालालगायत सहभागी हुने उनले बताए। 

यसैगरी बैठकमा संस्थापन इतर समूहमा रहेका क्रियाशील सदस्यता छनबिन समितिका सदस्यहरू प्रवक्ता प्रदीप पौडेल, कल्याण गुरुङ र जीवन परियार पनि सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad