प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ सांसदलाई नेकपा एमालेले स्पष्टीकरणका लागि पत्र पठाउने तयारी गरेको छ।
सोमबारकै केन्द्रीय कमिटी बैठकले स्पष्टीक।रण सोध्ने निर्णय गरे पनि मंगलबारसम्म आफूहरूलाई यसबारे पत्र नआएको उनीहरूले बताएका छन्।
स्पष्टीकरण मागिएको पत्र पठाउने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘सम्भवतः उहाँहरूलाई आज पत्र जानेछ,’ कार्यालय सचिव तामाङले बुधबार बिहान नेपालखबरसँग भने।
यो पनि : देउवालाई मत दिने ओली र नेपाल पक्षका यी हुन् २२ सांसद र देउवालाई विश्वासको मत दिने बेला एमाले सांसदका रोचक ३ रूप : को कता?
यस्तै उनले सोमबारदेखि जारी केन्द्रीय कमिटीको १०औं बैठक आज तेस्रो दिन पनि जारी रहने जानकारी दिए।
बैठक सदाझैं ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बस्ने उनले बताए।
‘हिजो संगठानात्मक एजेन्डा टुंगिएका छैनन्, रिपोर्टिङ मात्र बढी भयो हिजो, आज तिनै प्रस्ताव अगाडि बढाइन्छ,’ तामाङले भने।
यसअघिका केन्द्रीय कमिटी बैठकले कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गरेको छ भने अन्तिम समयसम्म पार्टीभित्र एकताका लागि पहल गर्ने निर्णय गरेको छ।
यो पनि : ओलीले अब खाँबो चिथोरेर केही हुँदैन, अध्यक्ष पद छाडिदिए सबै मिल्छ : रामकुमारी झाँक्री
Shares
प्रतिक्रिया