ad ad

राजनीति


देउवालाई विश्वासको मत दिने बेला एमाले सांसदका रोचक ३ रूप : को कता?

देउवालाई विश्वासको मत दिने बेला एमाले सांसदका रोचक ३ रूप : को कता?

नेपालखबर
साउन ४, २०७८ सोमबार ७:२७,

प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार प्रतिनिधि सभामा विश्वासको मत दिने बेला नेकपा एमालेका सांसदले अनपेक्षित भूमिका देखाएका छन्। 

सबैभन्दा रोचक त के भयो भने पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदले समेत देउवालाई विश्वासको मत दिए। यसैगरी देउवालाई विश्वासको मत दिने अपेक्षा गरिएका माधवकुमार नेपाल पक्षका केही सांसदले भने दिएनन्।  

को कता?
१. देउवालाई विश्वासको मत दिने ओली पक्षका ८ सांसद : प्रेम आले, हीरा केसी, पार्वती विशंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी।

२. मतदानमै सहभागी नभएका माधव नेपाल पक्षका १० सांसद : योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दीपक भट्ट, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, राजबहादुर बुढा, झपट रावल र नारायण खतिवडा।

. देउवालाई मत दिने नेपाल पक्षका १४ सांसद : माधवकुमार नेपाल,  रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम। 

यो पनिप्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .