ad ad

राजनीति


देउवालाई मत दिने ओली र नेपाल पक्षका यी हुन् २२ सांसद

देउवालाई मत दिने ओली र नेपाल पक्षका यी हुन् २२ सांसद

तस्बिर- रासस


नेपालखबर
साउन ३, २०७८ आइतबार २२:३५,

नेकपा एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको मतदानमा एमालेका अध्यक्ष केपी ओली पक्षका ८ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ जनाले विश्वासको मतको पक्षमा मत दिएका हुन्।

संसदमा रहेका कुल २७१ मध्य आजको मतदानमा २४९ सहभागी भएका थिए। देउवाले १६५ पाएका छन्। विपक्षमा ८३ मत पर्‍यो। राप्रपाको १ मत भने ‘मत दिन्नँ’ मा परेको छ।

देउवालाई विश्वासको मत दिने ओली पक्षका सांसदरूमा प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्। 

यस्तै, देउवाको पक्षमा मतदान गर्ने नेपाल पक्षका सांसदहरूमा माधवकुमार नेपाल, रामकुमारी झाक्री, मेटमणी चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवि जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम छन्।

नेपाल पक्षका १० सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .