ad ad

राजनीति


ओलीले अब खाँबो चिथोरेर केही हुँदैन, अध्यक्ष पद छाडिदिए सबै मिल्छ : रामकुमारी झाँक्री

ओलीले अब खाँबो चिथोरेर केही हुँदैन, अध्यक्ष पद छाडिदिए सबै मिल्छ : रामकुमारी झाँक्री

नेपालखबर
साउन ५, २०७८ मंगलबार २१:३४,

नेकपा एमालेको माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टीलाई एक बनाउने हो भने केपी शर्मा ओलीले अध्यक्ष पद त्याग्नै पर्ने अडान लिएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका सांसदको आज भएको बैठकपछि पत्रकारहरुसँग बोल्दै झाँक्रीले यसो भनेकी हुन्।

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार अर्को दलका प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्न नमिल्ने भनेर व्याख्या गरेकाले एमालेले आफूहरुलाई स्पष्टीकरणको चिठी नपठाएको हुन सक्ने उनले बताइन्। 

'सर्वोच्च अदालतको फैसलाका कारण हामीलाई अध्यक्ष ओलीले चिठी नपठाउनुभएको हुन सक्छ। यदि चिठी पठाएमा पनि हामी राजनीतिक हिसाबले प्रतिकार गर्छौँ', उनले भनिन्, 'सर्वोच्चको आदेशले चिठी नपठाउनु भएको होला। कानुनी रुपमा लडाइँ लड्नुपर्ने हो भने पनि हामी लड्न तयार छौँ।'

अब ओलीले कुण्ठा देखाउन छाड्नुपर्ने उनको तर्क थियो। 'प्रधानमन्त्री छाडिसकेपछि पनि अझै केपी शर्मा ओलीले कुण्ठा देखाउने होइन, अब पार्टी मिलाउनुपर्छ', उनले थपिन्, 'यदि एमालेलाई एक बनाउने हो भने ओलीले पार्टी अध्यक्ष छाड्नुस्। पार्टी अध्यक्ष पद नछाडेसम्म एमाले एकता हुँदैन, हुन सक्दैन।'

उनले अब बदलाको भावले आफूहरुलाई आक्रमण गरेर केही नहुने बताइन्। 'बदलाको भावले हामीमाथि आक्रमण गरेर हुँदैन', उनले भनिनन्, 'ओलीले नै भन्नु भएको थियो, 'काठमाडौंको बिरालो कहाँ पुगेर खाँबो चिथोर्छ। अब उहाँले खाँबो चिथोरेर हुँदैन, अब पार्टीलाई बर्बाद पार्ने काम नगर्नुस्। अध्यक्ष छाडेर जानुस्, त्यसो गरे सबै कुरा मिल्छ।'

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .