ad ad

राजनीति


झलनाथलाई प्रधानमन्त्रीको फोन : ढुक्कसँग उपचार गर्नुस्, सबै खर्च सरकारले व्यहोर्छ

झलनाथलाई प्रधानमन्त्रीको फोन : ढुक्कसँग उपचार गर्नुस्, सबै खर्च सरकारले व्यहोर्छ

नेपालखबर
साउन ५, २०७८ मंगलबार १८:२३,

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजधानी नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनाललाई फोन गरेका छन्। मिर्गौलामा गम्भीर समस्या भएपछि दिल्लीमा उपचाररत खनालसँग देउवालले खुमलटार पुगेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मोबाइलबाट संवाद गरेका हुन्। 

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न पुगेका देउवाले प्रचण्डकै मोबाइलबाट फोन संवाद गरेका हुन्। फोन संवादका क्रममा देउवाले ढुक्क भएर उपचार गर्न खनाललाई आग्रह गरेका छन्। 

'तपाईं ढुक्कसाथ उपचारमा लाग्नुस्। तपाईंको उपचार खर्च सबै सरकारले व्यहोर्छ', देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईं निको भएर फर्किनुहोला, उपचारका लागि कुनै कमी हुन नदिने वचन दिन्छु।'

खनालको मिर्गौलामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। तर त्यहाँ अवस्था झन् जटिल भएपछि उनलाई असार सुरुमा उपचारका लागि दिल्ली लगिएको थियो। 

दिल्लीमा उपचाररत खनालको सबै उपचार खर्च यसअघि एमाले र तत्कालीन केपी ओली नेतृत्वको सरकारले गर्ने घोषणा गरेका थिए। तर त्यसबेला नेपाली कांग्रेसका नेता गगन थापासहितले सरकारको निर्णयको चर्को विरोध गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .