प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्। प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न भन्दै देउवा खुमलटार पुगेका हुन्। देउवा खुमलटार पुगेको जानकारी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दिएका छन्।
सीता लामो समयदेखि बिरामी छन्। उनको देश तथा विदेशका धेरै अस्पतालमा उपचार गराउँदा पनि स्वस्थ हुन सकेकी छैनन्। यसअघि आजै बिहान प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई कोटेश्वरमा र प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेका थिए।
834
Shares

प्रतिक्रिया