ad ad

राजनीति


प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे प्रधानमन्त्री

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे प्रधानमन्त्री

नेपालखबर
साउन ५, २०७८ मंगलबार १७:२०,

प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्। प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न भन्दै देउवा खुमलटार पुगेका हुन्। देउवा खुमलटार पुगेको जानकारी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दिएका छन्। 

सीता लामो समयदेखि बिरामी छन्। उनको देश तथा विदेशका धेरै अस्पतालमा उपचार गराउँदा पनि स्वस्थ हुन सकेकी छैनन्। यसअघि आजै बिहान प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई कोटेश्वरमा र प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .