ad ad

राजनीति


भारतमा नेपाली राजदूतको फोन पनि जासुसीको सूचीमा

भारतमा नेपाली राजदूतको फोन पनि जासुसीको सूचीमा

नेपालखबर
साउन ५, २०७८ मंगलबार १०:२६,

भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यको फोन पनि जासुसीका लागि लक्षित समूहमा परेको छ। 

पेगासस स्पाइसवेयरको माध्यममा भारतमा नेपालसहित विभिन्न देशका राजदूतका फोन जासुसी सम्भावित सूचीमा रहेको एक फ्रान्सेली पत्रिकाले जनाएको छ। 

‘इमरान खान (पाकिस्तानका प्रधानमन्त्री) र उनका राजदूतहरू सम्भावना लक्षित सूचीमा छन्। त्यसका साथै दिल्लीस्थित अफगानिस्तान, चीन, नेपाल, साउदी अरबसहितका राजदूत तथा कूटनीतिज्ञ रहेका छन्’ ला मुन्डेले लेखेको छ।  

सोमबार बिहान वासिङ्टन पोस्ट र भारतको वेबसाइट द वायरले विश्वभरका पत्रकार तथा सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएका समाचार प्रकाशन गरेका थिए।  

यसअघि सन् २०१७ देखि सन् २०२१ सम्ममा दिल्लीमा रहेका कूटनीतिक फोन ह्याक भएको सम्भावित सूचीमा छन्। 

नीलम्बर आचार्य २०७५ माघ ६ गतेदेखि भारतको राजदूत छन्। यसअघि दीपकुमार उपाध्याय राजदूत थिए। उपाध्यायले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन २०७४ असोजमा राजदूतबाट राजीनामा दिएका थिए।

के हो पेगासस?

पेगासस जासुसी गर्ने सफ्टवेयर हो। यो इजरायलको एनएसओ ग्रुपले बनाउँछ। यो सफ्टवेयर सरकारलाई मात्र बेचिन्छ। 

यो सफ्टवेयरमार्फत् जसको फोनमा पनि मालवेयर लिंक पठाउन सकिन्छ। जब मानिसहरुले सो लिंक थिच्छन् त्यो आइओएस र एन्ड्रोइड प्रयोगकर्ताको फोनमा इन्स्टल हुन्छ।

यो सफ्टवेयरले हाम्रो फोनको सबै कुरा जासुसी गर्नसक्छ। जासुसले यो फोनको क्यामेरा, माइक्रोफोन, एप्सहरु, कन्ट्याक्ट नम्बर लगायत आफ्नो नियन्त्रणमा ल्याउन सक्छन्।

यो पनिः पेगाससको माध्यमबाट मोदीका आलोचकसहित भारतका ४० पत्रकारको जासुसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .