ad ad

राजनीति


देउवालाई विश्वासको मत दिएर केही सांसदले अक्षम्य अपराध गरे :  ईश्वर पोखरेल

देउवालाई विश्वासको मत दिएर केही सांसदले अक्षम्य अपराध गरे :  ईश्वर पोखरेल

नेपालखबर
साउन ४, २०७८ सोमबार १६:४,

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरूले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन्।

आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए। उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताए। 

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीको निर्णय विपरित विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरूले घटाएको उल्लेख गर्दै आपत्ति जनाए।

महासचिव पोखरलले भने, ‘हाम्रो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा यति अप्रिय घटनाहरु पनि घट्दैछन्। हिजो मात्रै हामीले देख्यौं, हाम्रो पार्टीको निर्णय विपरित विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमाले भित्रका कतिपय व्यक्तिहरूले गर्नु भएको छ। यो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो। यसलाई हामीले गम्भीर रुपमा लिएका छौं।’

महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौति देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .