एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठक बोलाएका छन्।
बैठक ओली निवास बालकोटमा बस्न लागेको हो। सोमबारदेखि सुरू पार्टीको केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक डाकिएको नेताहरूले बताएका छन्।
सोमबारबाटै पार्टीलाई ०७५ जेठ २ पूर्वको अवस्थामा फर्काएको घोषणा गरेको एमालेभित्र अझै पनि एकताको पहल भइरहेको छ। दोस्रो तहका नेताहरूले पार्टीलाई एकताबद्ध राख्न अपनाउन सकिने सम्पूर्ण उपायबारे छलफल गरिरहेको बताएका छन्।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएका नेपाल समूहका नेताहरूलाई आफ्नो समूहमा समेट्न सकिने विषयमा पनि स्थायी कमिटीमा छलफल हुने नेताहरूले बताएका छन्।
390
Shares

प्रतिक्रिया