ad ad

राजनीति


हामी देउवालाई विश्वासको मत दिन्छौं : रामकुमारी झाँक्री

हामी देउवालाई विश्वासको मत दिन्छौं : रामकुमारी झाँक्री

नेपालखबर
साउन ३, २०७८ आइतबार १३:८,

नेकपा एमालेकी नेता एवं सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा विश्वासको मत हाल्ने बताएकी छन्। 

प्रधानमन्त्री देउवाले आज अपराह्न प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै छन्। 

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा मुद्दा हाल्दा हस्ताक्षर गरेका माधव नेपाल पक्षका आफूहरू २३ सांसदले अहिले उनवालाई विश्वासको मत दिनु कर्तव्य नै भएको नेता झाँक्रीले बताएकी हुन्। 

‘हामीले ७६ (५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौं। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौं,’ पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्नुअघि आइतबार दिउँसो वक्तव्य जारी गर्दै झाँक्रीले भनेकी छन्, ‘अदालतले परमादेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो।’

अझ उनले त सकिन्छ भने आफ्नो पार्टी नेकपा एमालेलाई संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हाल्न आह्वान गरेकी छन्। 

‘त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं,’ उनले भनेकी छन्, ‘यदि  त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .