प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयलाई कोरोनाविरुद्धको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रूपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
उनले स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलाई बालुवाटार बोलाएर निर्देशन यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन्।
‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ट विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु’, उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कोरोनाको तेस्रो लहरको पूर्वतयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन गरेको छु।’
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 18, 2021कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु। pic.twitter.com/dEc93C8Ip2
Shares

प्रतिक्रिया