राजनीति


थप खोप केन्द्रको व्यवस्था गरेर खोप लगाउन प्रधानमन्त्रीको निर्देशन

थप खोप केन्द्रको व्यवस्था गरेर खोप लगाउन प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
साउन १, २०७८ शुक्रबार १६:९,

प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रको संख्या थप गरेर कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

उनले शुक्रबार मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई खोप केन्द्रको संख्या थप गरेर कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। 

मुख्यसचिव बैरागी र स्वास्थ्य सचिव अर्याललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर कोरोनाविरुद्धको खोप व्यवस्थित गरेर सर्वसाधारणलाई लगाउने व्यवस्था मिलाउन निर्देशन दिइएको हो।

‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,’ प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad