मध्यराति लुम्बिनी प्रदेशको संसद् अधिवेशन अन्त्य गराएका त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले बिहानै एमाले वरिष्ठ नेता माधव नेपालविरुद्ध आक्रोश पोखेका छन्।
ओलीपक्षीय एमाले नेता पोखरेलले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि माधव नेपाल पक्षका लागि केपी–विरोधको मूल्य घट्दै गएको टिप्पणी गरेका हुन्।
केपी शर्मा ओली सरकारको नेतृ्रत्वमा रहँदासम्म नेपाल पक्षका लागि केपी–विरोधको मूल्य ठूलो भएको तर उनी सत्ताबाट हटेपछि त्यो मूल्य घट्दै गएको कटाक्ष उनले गरेका हुन्।
‘केपी ओली सरकारको नेतृत्वमा हुँदासम्म माधव कमरेडहरूको केपी विरोधको निकै ठूलो मूल्य थियो। देउवाजी प्रम भएपछि त्यो घट्तै छ,’ शुक्रबार बिहान सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्, ‘विश्वासको मतप्राप्त गरेपछि लिलामीलायक पनि रहन दिनेछैनन्।’
बजेट फेल हुने देखिएपछि मुख्यमन्त्री पोखरेलले बिहीबार राति लुम्बिनी प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गराएका छन्।
यो पनि : ओली समूहविरुद्ध बाबुराम भट्टराईको कटाक्षः पुच्छर केही बेर फिटीफिटी!
Shares
प्रतिक्रिया