राजनीति


माधव नेपाल आफू निकट नेताहरुसँग छलफलमा

माधव नेपाल आफू निकट नेताहरुसँग छलफलमा

नेपालखबर
असार २८, २०७८ सोमबार १३:१२,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग अहिले छलफल गरिरहेका छन्।

सिंहदरबारमा सवा १२ बजेदेखि छलफल भइरहेको हो।

आइतबार बेलुका एमालेभित्र देखिएको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले दश बुँदे सहमतिको प्रस्ताव तयार पारेर हस्ताक्षर गरेपछि नेपाल असन्तुष्ट छन्।

नेपालसहितका केही केन्द्रीय सदस्यले पनि कार्यदलले गरेको हस्ताक्षरप्रति असन्तुष्टि जनाएपछि सोही विषयमा धारणा तय गर्न आकस्मिक रुपमा केन्द्रीय कमिटिका काठमाडौं उपत्यकामा उपलब्ध नेताहरुबीच छलफल राखिएको हो।

नेपाल पक्षका २३ सांसदसहित १ सय ४६ जनाले प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा हस्ताक्षर गरेर रिट दायर गरेका थिए।  

नेपालले कार्यदलले सहमति गरेपनि अदालतको फैसलालाई प्रभावित गर्ने काम भएको बताउँदै आएका छन्।
आगामी दिन कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको हो। 

यसैबीच प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे स्थायी कमिटीको बैठक बोलाएका छन्।

कार्यदलले गरेको सहमति अनुमोदनको लागि स्थायी कमिटीको बैठक बोलाएको हो। भोलि मंगलबार ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .