राजनीति


संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा

संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा

नेपालखबर
असार २८, २०७८ सोमबार १३:२,

प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तीको मुद्दामा सोमबार फैसला आउने भएको छ। अहिले न्यायाधीशहरु प्रधानन्यायाधीशको चेम्बरमा छलफलमा जुटेका छन्। 
इजलास भने बसेको छैन।

केहीबेर पहिले संवैधानिक इजलासका सबै न्यायाधीशहरु सर्वोच्च पुगेका थिए।  २१ गते सुनुवाइ सकिएपछि आजसम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। 
सोमबार संवैधानिक इजलास बस्दैछ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु केहीबेर अघि सर्वोच्च पुगेका छन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्। 

सोही इजलासले फैसला सुनाउने तयारी गरेसँगै सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ।  काठमाडौंका विभिन्न बृत्तबाट समेत प्रहरीहरु त्यहाँ पुगेका छन्। सशस्त्र प्रहरी पनि परिसरबाहिर खटिएका छन्। 

गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्। ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तीका लागि आह्वान गरेपनि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्ती गरिएको थिएन। शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। 

तर केपी ओलीले जसपाको महन्त ठाकुर र आफ्नो हस्ताक्षरसहित १५३ सांसदको समर्थन रहेको भन्दै दाबी गरेपछि दुवै दाबी खारेज गरिएको थियो। 

विघटनको डेढ महिनापछि सर्वोच्चले फैसला गर्न लागेको हो। पहिलो संसद विघटन हुँदा ६७ दिनपछि फैसला आएको थियो। त्यतिबेला विघटन गैरसंवैधानिक भन्दै सर्वोच्चले बदर गरिदिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad